पोखरामा भ्रमण आएको बस दुर्घटना, २ जना घाइते
पाेखरा | कात्तिक २२, २०८१
पोखरा: दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार कास्कीको पोखरा महानगरपालिका–२२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो ।
नवयुग डान्स क्लब दाङबाट भ्रमण आएका यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुुसार बसमा २४ जना सवार थिए । दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका– ४ बस्ने १७ वर्षीया सन्ध्या रसाईली र १९ वर्षीया मनिषा रसाईली रहेका छन् ।
घाइते दुवै अवस्था सामान्य रहेको छ । दुवैको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

